शनिबार, जेठ १६, २०८३

ओली निवासका सुरक्षा प्रमुख थापाको अचानक मृत्यु

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी ओलीका सुरक्षा गार्ड उमेश थापाको मृत्यु भएको छ।

National life

ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको बिहान भक्तपुरको गुण्डुस्थित निवासमै मृत्यु भएको हो।

हिजी बेलुका ड्युटी सकेर घर गई सुतेका थापा बिहान मृत फेला परेका थिए। उनको निधनबारे ओलीले फेसबुकमा जानकारी दिँदै श्रद्धाञ्जी व्यक्त गरेका छन्।

ओलीले भनेका छन्- 

धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार। सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ। हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु।

Shivam cement

४२ वर्षीय थापा ओली निवास बालकोटमा सुरक्षा प्रमुखको रुपमा कार्यरत थिए। घटनास्थलमा पुगेको प्रहरी वृत्त जगातीका अधिकृतसहितको टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिँदै मृतक थापाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताएको छ। के कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 06, 2024| 18:32 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्