शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस संसदीय दलको बैठकले गर्‍यो यी चार निर्णय

 |  शनिबार, असार २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने लगायत चारवटा निर्णय गरेको छ।

triton college

शनिबार दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकले एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

'संविधानको धारा ७६(२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकाले प्रधानमन्त्रीले संसद्‍मा राख्ने विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस हुँदा विपक्षमा मतदान गर्ने निर्णय गर्दछ,' कांग्रेस संसदीय दल बैठकको निर्णयमा भनिएको छ। समीकरण फेरबदल भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन्। 

बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी ओली र दोस्रो पटक कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिलाई कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरेको छ।

यसैगरी बैठकले कांग्रेस र एमालेबीच भएको उक्त सहमतिलाई राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि गरिएको बताएको छ।

Metro Mart
vianet

कांग्रेस बैठकले बाढीपहिरो र डुबानमा परेकालाई सहयोगको आह्वान गरेकव छ। शुक्रबारदेखि देशका अधिकांश भूभागमा मध्यदेखि भारी र अति भारीसम्म वर्षा हुँदा जनजीवन कष्टकर बनेको सन्दर्भमा कांग्रसले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गर्दै बाढीपहिरो र डुबानका कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्न सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

प्रकाशित: Jul 06, 2024| 17:47 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्