सोमबार, पुस ७, २०८२

नयाँ सरकार धारा ७६ (२) अनुसार नै गठन हुन्छ: कांग्रेस

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

काठमाडौं- नेपाली कांग्रेसले अब बन्ने सरकार नेपालको संविधान ७६ (२) अनुसार नै बन्ने दाबी गरेको छ।

National life

आज बसेको संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अब बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

उनले भने, ‘हामी एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ छौं। त्यो सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्छ। अहिले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ। आजको बैठकले प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्ष उभिने निर्णय गरेको छ।’

प्रमुख सचेत लेखकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले अनुमोदन गरेको समेत बताए।

प्रकाशित: Jul 06, 2024| 16:48 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्