सोमबार, पुस ७, २०८२

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

काठमाडौं-  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। 

National life

मुख्यमन्त्री सिंहले शनिबार संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत लिएका हुन्। उनको पक्षमा ६७ सांसदले मत दिए। १०७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ।

उनको पक्षमा ३४ सांसदले मतदान गरे। प्रदेश सभा बैठकमा १०१ सांसद उपस्थित थिए। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहको पक्षमा जनमतसहित नेकपा (एमाले), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले मतदान गरेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद भने अनुपस्थित रहेका थिए। 

यसअघि मुख्यमन्त्री सिंहले माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका थिए। अब उनीहरूको स्थानमा एमाले र कांग्रेसबाट मन्त्री नियुक्त गरिने सिंहले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 06, 2024| 16:38 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्