सोमबार, पुस ७, २०८२

उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

काठमाडौँ उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

National life

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यसैबिच ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो ।

त्यस्तै, पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम-भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ।

यता पाल्पा जिल्लाको कुमलगाउँ, गण्डाकोट, जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोला लगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम,तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाको आग्रह छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 06, 2024| 06:18 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्