शनिबार, जेठ १६, २०८३

प्रधानमन्त्री प्रचण्डले २८ असारमा विश्वासको मत माग्ने

 |  शुक्रबार, असार २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असार २८ गते विश्वासको मत लिने भएका छन्।

असार २८ गते (शुक्रबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेकपा एमालेले समर्थन फिर्ता लिएका कारण प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको हो। प्रधानमन्त्री भएयता प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथोपटक हो।

प्रकाशित: Jul 05, 2024| 15:38 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्