सोमबार, पुस ७, २०८२

हुन्डाईको कोना शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने

 |  शुक्रबार, असार २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

काठमाडौं- नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ।

National life

हुन्डाईले कोना मा 'जिरो इमिसन, जिरो इन्ट्रेस्ट' योजना सार्वजनिक गरेको हो। दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजनाअन्तर्गत इच्छुक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।

आफ्नो उत्कृष्ट डिजाइन, पर्फरमन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीको भनाइ छ।

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलप्ध छ। कोना जिएलको मूल्य  ५९ लाख ९६ हजार र जिएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रूपैयाँ रहेको छ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्ज समेत बढ्ने बताइएको छ। 

Laxmi sunrise bank
kumari

कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिन्छ। हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। यसलाई १०० किलोवाट डिसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।
 

प्रकाशित: Jul 05, 2024| 13:04 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्