शनिबार, जेठ १६, २०८३

यी तीन प्रदेशमा आज भारी वर्षा हुने

 |  शुक्रबार, असार २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ।

National life

शुक्रबार बिहान देशभर साधारणतया देखि पूर्णतया बदली छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ। दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका धेरै स्थानहरुमा राति पनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

Shivam cement

कोशी,  मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावमा रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित: Jul 05, 2024| 07:15 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्