सोमबार, पुस ७, २०८२

रारा तालमा डुबेर एक युवकको मृत्यु

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

मुगु- रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

National life

रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु  भएको प्रहरीले जनाएको छ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए।  अरु चार जना साथीसँग घर फर्कने क्रममा उनीसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए। 

घटनाबारे जानकारी पाउनासाथ नेपाली  सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो। रारा विमानस्थल र  जिल्ला  प्रहरी  कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो।

घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल  लगिएको जिल्ला  प्रहरी  कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक  वीरेन्द्र थापाले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2024| 21:13 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्