सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा राखे मन्त्रिपरिषद् बैठक

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा राखे मन्त्रिपरिषद् बैठक

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‍को बैठक बोलाएका छन्।

National life

प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बसेको हो। यसअघि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने गरेकोमा आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको हो।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै हिजो एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र एमालेका सबै मन्त्रीले राजीनामा दिइसकेका छन्। ७८ जना सांसद रहेको एमालेको समर्थन गुमाएसँगै प्रचण्ड सरकार स्पष्ट रुपमा अल्पमतमा परेको छ। कांग्रेस र एमालेले प्रचण्डलाई राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनले संसद्‍मा विश्वासको मत माग्ने बताएका छन्।

एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको उल्लेख छ।

संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न यही असार १७ गते समझदारी भई असार १९ गते एमालेले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो।

Laxmi sunrise bank
kumari

अहिलेको परिस्थितिमा वर्तमान सरकारले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री दाहाललाई एमालेले पुनः अनुरोध गरेको छ। 

प्रकाशित: Jul 04, 2024| 19:31 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्