सोमबार, पुस ७, २०८२

समर्थन फिर्ता लिँदै लुम्बिनी सरकारबाट बाहिरियो एमाले

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

National life
Laxmi sunrise bank
kumari

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। संघमा नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो।

नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले आजै राजीनामा दिएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले सहमति गरेको छ। कांग्रेसबाट १० मन्त्री हुने सहमति दुई दलबीच भएको छ। प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएका कारण सरकार कहिले बन्ने टुंगो भने छैन।

प्रकाशित: Jul 04, 2024| 19:05 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्