सोमबार, पुस ७, २०८२

पटकपटक मन्त्री भएकालाई अहिले विश्राम दिनुपर्छ: महामन्त्री थापा

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्‌मा पठाउन नहुने बताएका छन्।

National life

सुनसरीमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘सरकारमा गएको व्यक्ति परिणाम दिन सक्ने हुनुपर्छ। पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो। घरमा राख्ने हो।’

भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने थापाले बताए। ‘उदाहरण दिनुपर्‍यो भने २०१५ सालको दिनुपर्छ। अहिले सरकार बनाउँदै गर्दा २०८१ सालकै उदाहरण दिन पाइयोस् न दलित, मधेशी, महिला, थारु, अल्पसंख्यक, मुसलमान सबै छन् भनेर,’ उनले भने।

यसअघि कांग्रेस सरकारको बेलामा ९ जनामा दलित समुदायबाट एक जना पनि नभएको उनले बताए। ‘न दलित पठायौं, न थारू पठायौं न मधेशी पठायौं,’ थापाले भने, ‘कहिले पठायौं भन्दा २०१५ सालमा पठाएको हो नि त भन्नुपरेको छ,’ उनले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले सहमति गरेको छ। कांग्रेसबाट १० मन्त्री हुने सहमति दुई दलबीच भएको छ। प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएका कारण सरकार कहिले बन्ने टुंगो भने छैन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2024| 18:55 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्