शनिबार, भदौ ६, २०८३

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। 

नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए। नेकपा एमालेबाट छुट्टिएपछि नेकपा एसको पहिलोपटक महाधिवेशन भएको हो।

आज बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो।

उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।

गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो। बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ।

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ।

प्रकाशित: Jul 04, 2024| 18:33 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्