सोमबार, पुस ७, २०८२

पोखरीमा डुबेर धनुषामा एकै परिवारका ३ बालिकाको मृत्यु

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

National life
Laxmi sunrise bank
kumari

धनुषा- धनुषामा एकै परिवारका तीन बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो। 

दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए। मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन्। 

बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए। तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 04, 2024| 17:44 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्