शनिबार, जेठ १६, २०८३

बाँकेमा फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

बाँके- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ। 

National life

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। ‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,’ उनले भने।

प्रहरी उपरीक्षक कार्कीका अनुसार झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन्। प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इट्टाले टाउकोमा चोट लागेको छ। घाइते दुवैको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको उनले जानकारी दिए।

‘डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार ६ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन्। उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘निजलाई शुरूमा प्रहरीले पक्राउ गरेको थियो। स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो।’

उनका अनुसार फरार प्रतिवादी सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो।

Shivam cement

प्रकाशित: Jul 04, 2024| 15:03 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्