आइतबार, चैत २९, २०८२

एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

काठमाडौँ- नयाँ समीकरण बन्ने भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने क्रम जारी छ।

National life

बुधबार प्रमुख सत्ता घटक नेकपा एमालेले समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिए। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीले राजीनामा दिँदैछन्। योसँगै साना दलहरू पनि राजीनामा दिने चरणमा छन्। अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

जसपाबाट सरकारमा सहभागी भएका स्वास्थ्यमन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिन लागेका हुन्। उनीहरूले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउने भएका छन्। पार्टीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको नयाँ गठबन्धनलाई साथ दिने तयारी गरेको छ। 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने सरकारलाई दिएको समर्थन यथावत् राख्ने भएको छ। प्रधानमन्त्रीप्रति अझै विश्वासको मत कायमै रहेकाले पार्टीका मन्त्रीहरूले राजीनामा नदिने बताइएको छ।

समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री छन्।

kumari

प्रकाशित: Jul 04, 2024| 10:11 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्