आइतबार, चैत २९, २०८२

मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका सात बिरामी

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

मकवानपुरमा जंगली च्याउ खाएर एकै परिवारका सात जना बिरामी परेका छन्। बिरामीमध्ये जनाको बालकको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

National life

प्रहरीका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारी स्थित एकै घरका सात जना बिरामी परेका हुन्।

बिरामी हुनेमा ६५ वर्षकी मंगली माया स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुद्धि बहादुरकी श्रीमती ३० वर्षीया पासाङ माया स्याङ्तान र उनीहरुका ७ वर्षीय छोला लासाङ स्याङ्तान रहेका छन्। लासाङको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

बिरामीमध्ये दुईजनाको हेटौँडा अस्पताल र पाँचजनाको चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुरमा जंगली च्याउ खाँदा असार महिना सुरु भएयता ३ जनाको ज्यान गइसकेको छ भने करिब ३ दर्जन बिरामी परेका छ्न्।

kumari

प्रकाशित: Jul 04, 2024| 10:05 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्