आइतबार, चैत २९, २०८२

रास्वपाका मन्त्रीले आज राजीनामा दिने

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिँने भएका छन्।

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्रीहरुले पदबाट राजीनामा दिन लागेका हुन्।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो। सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ। 

सरकारमा रास्वपाका चार मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेबाट सरकारमा रहेका आठ मन्त्रीले राजीनामा दिएका छन्।
 

kumari

प्रकाशित: Jul 04, 2024| 08:18 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्