आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एमालेका सबै मन्त्रीले राजीनामा दिए

 |  बुधबार, असार १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- नेकपा (एमाले)बाट सरकारमा सहभागी ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

triton college

पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनीहरुले राजीनामा दिएका हुन्। 

एमाले अध्यक्षसहित मन्त्रीहरुले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा र समर्थन फिर्ताको पत्र बुझाएका हुन्। एमालेबाट प्रचण्ड सरकारमा रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा र भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छन्।

यसैगरी राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री छन्। 

एमालेको समर्थन फिर्तासँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ। गत सोमबार मध्य राति कांग्रेस र एमालेबीच नयाँ समीकरणको सहमति भएको थियो। प्रचण्ड सरकारमा सहभागी अन्य पार्टीका मन्त्रीहरुले भने राजीनामा दिएका छैनन्।

Metro Mart
vianet

मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो। तर, दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

प्रकाशित: Jul 03, 2024| 20:25 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्