आइतबार, चैत २९, २०८२

सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उप्रेतीलाई सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो।

National life

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको हो। उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषित गरिएको थियो।

सूर्य थापा सभापति रहेको सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ। उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो।

सहकारी अभियन्ता समेत रहेका उप्रेती संसदीय छानबिन समितिले मंगलबार आयोजना गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुभाव दिएका थिए।

एमालेको केन्द्रीय सहकारी विभाग सचिवसमेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि सो जिम्मेवारीबाट हटाएको थियो।

kumari

प्रकाशित: Jul 03, 2024| 18:50 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्