शनिबार, जेठ १६, २०८३

एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ताको पत्र आजै प्रधानमन्त्रीलाई बुझाउने तयारी पार्टीको छ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको एमालेको भनाइ छ।

प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको हो। यससँगै एमालेका मन्त्रीहरुले राजीनामासमेत दिने बताइएको छ।

प्रकाशित: Jul 03, 2024| 18:25 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्