सोमबार, पुस ७, २०८२

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । 

National life

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे। 

सचिव अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराए। 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । 

प्रकाशित: Jul 03, 2024| 14:29 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्