बिहीबार, असार २०, २०८१

धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

triton college
Metro Mart

भारत उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ । घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिएका छन्।

उनले घाइतेलाई तत्काल अस्पताल पुर्याउन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिए। जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार  कार्यलाई तीव्रता दिनसमेत उनले निर्देशन दिए।

प्रकाशित: Jul 02, 2024| 18:56 मंगलबार, असार १८, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्