शनिबार, भदौ ६, २०८३

एमालेले आफ्ना मन्त्री फिर्ता बोलायो

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल भएको थियो। सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए।

प्रकाशित: Jul 02, 2024| 16:07 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्