मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बन्धी कागजात नियन्त्रणमा

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बन्धी कागजात नियन्त्रणमा

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

National life
Laxmi sunrise bank
kumari

पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा मारेको हो।

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै यसबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगरबाट कागजात नियन्त्रणमा लिएको बताइएको छ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायत मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो।

प्रकाशित: Jul 02, 2024| 16:01 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्