बिहीबार, असार २०, २०८१

सहकारी छानबिन संसदीय समितिले राजनीतिक दलसँग सुझाव माग्ने

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

triton college
Metro Mart

काठमाडौं- सहकारी संस्था बचत रकम दुरूपयोगको संसदीय विशेष छानबिन समितिले राजनीतिक दलहरूसँग लिखित सुझाव माग्ने भएको छ। 

मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, वचत तथा ऋण केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफलपछि यस्तो निर्णय गरेको हो।

छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रको बचत अपचलन र ठगी तथा बचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको बताए।

प्रकाशित: Jul 02, 2024| 15:52 मंगलबार, असार १८, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्