मंगलबार, पुस ८, २०८२

गणतन्त्र बलियो बनाउन कांग्रेस-एमाले सहकार्य: निधि

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गणतन्त्रलाई बलियो बनाउन कांग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन् ।

National life

नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताएका हुन् ।​

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरूसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

'राजनीतिक अस्थिरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल शुरू भएको छ, त्यसलाई वृहत् छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ,' उनले भने, 'संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरूबीच सहकार्य जारी राख्नुपर्छ ।'

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 02, 2024| 15:16 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्