शनिबार, पुस ५, २०८२

पूर्वी नेपालमा भारी वर्षा

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

काठमाडौं- पूर्वी नेपालका केही जिल्लामा गए रातिदेखि भारीदेखि हल्का वर्षा भइरहेको छ।

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार सिरहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा वर्षा भएको हो।

थप वर्षा हुन सक्ने भएकोले सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ। 

रौतहटको गरुडा र सर्लाहीको मनुसमारा वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भएर बहने झनझा खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ।

गत साता पूर्वमा भित्रिएको मनसुन देशभर फैलिने क्रममा छ। काठमाडौं उपत्यकामा पनि गए रातिदेखि नै वर्षा भइरहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 20, 2024| 06:20 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्