आइतबार, मंसिर २८, २०८२

पोर्चुगलको पुनरागमन जितमा रोनाल्डोको कीर्तिमान

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

युरोकप २०२४ को पहिलो खेलमा फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले चेक रिपब्लिक विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ।

National life

लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाएका छन्। साथै पोर्चुगलले विजयी सुरुआत गर्‍यो। सन् २०१६ को च्याम्पियन पोर्चुगल फेरि उपाधि जित्ने लक्ष्यमा छ।

खेलमा अग्रता भने चेकले पहिले लिएको थियो। ६२औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेक रिपब्लिकलाई पहिले अग्रता दिलाएका थिए। तर, उक्त अग्रता लामो समय टिक्न सकेन।

चेक रिपब्लिकका रोविन ह्रानाकले ६९औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। पोर्चुगलका नुनो मेन्डेजको हेडर बल क्लियर रग्ने क्रममा रोविनले आत्मघाती गोल गरेका थिए।

त्यसपछि पोर्गुचलका डिएगो जोटाले गोल गरेपछि अफसाइड भएको थियो। तर फ्रान्सिस्को कोन्सेइकाओले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

Laxmi sunrise bank
kumari

यस जितले रोनाल्डोको लगातार छैटौं युरोमा पनि राम्रो सुरुवात भएको छ ।

प्रकाशित: Jun 19, 2024| 08:55 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्