शुक्रबार, पुस ४, २०८२

दार्जिलिङमा दुई रेल ठोक्किँदा १५ जनाको मृत्यु

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

भारत पश्चिम बंगालको दार्जिलिङमा दुई वटा रेल आपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ।

National life

सोमबार बिहान कञ्चनजङ्घा एक्सप्रेस (१३१७४) लाई मालवाहक रेलले ठक्कर दिएको भारतीय समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ। दुर्घटनामा परी कम्तीमा ६० जना घाइते भएका छन्।

बिहान ९ बजेतिर कञ्चनजङ्घा एक्सप्रेस पश्चिम बंगालको अगरतलाबाट सियालदह जाँदै थियो। रातो संकेतका कारण एक्सप्रेस ट्रेन सिलगढीको रंगपानी स्टेसननजिकै रुइधासामा रोकिएको थियो। त्यही क्रममा उसलाई पछाडिबाट आएको मालवाहक रेलले ठक्कर दिएको हो।

भारी वर्षाका कारण मालवाहक रेलका पाइलटले सिग्नल नदेखेकाले दुर्घटना भएको हुने सक्ने अनुमान छ।

प्रकाशित: Jun 17, 2024| 14:33 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्