सोमबार, जेठ १८, २०८३

काठमाडौंमा आज वर्षकै सबैभन्दा बढी तापक्रम

 |  शनिबार, असार १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १, २०८१

काठमाडौं उपत्यकामा आज शनिबार यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन भएको छ।

National life

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस पुगेको छ। यो अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो।

गत जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। पूर्वी भागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिममा तापक्रम बढेको हो।

शनिबार लुम्बिनी र सुदूरपश्चिमका तराईका थुप्रै भागमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। दिपायलमा ४२ डिग्री सेल्सियस, वीरेन्द्रनगरमा ४०.६ डिग्री सेल्सियस, धनगढीमा ४२.७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ।

तापक्रम ४० भन्दा बढी रहेका पश्चिम तराईका भागहरुमा मौसम पूर्वानुमान महाशाखाले तातो हावाको चेतावनी दिएको छ। 

Shivam cement

नेपालमा जेठ २८ गते मनसुन भित्रिएको छ। मनसुन देशभर फैलिन पश्चिमी भूभागमा हुने पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ। त्यसो नहुँदा मनसुन देशभर फैलिन अझै समय लाग्ने देखिएको छ।
 

प्रकाशित: Jun 15, 2024| 21:29 शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्