शुक्रबार, असार ७, २०८१

धार्मिक महत्वको सार्वजनिक पोखरी अतिक्रमण मुक्त

 |  शनिबार, असार १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १, २०८१

वीरगन्ज- बिगत १७ बर्ष देखि अतिक्रमणमा परेको धार्मिक महत्व बोकेको सार्वजनिक पोखरी शनिबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुशालले अतिक्रमण मुक्त गराएका छन्।

triton college

पर्साको कलिकामाई गाऊँपालिका वडा नं. २ को टोल गदियानी स्थित सो पोखरी पूरी निर्माण गरिएको घर नेपाल प्रहरीले वडा कार्यालयको सहयोगमा भत्काएर पुनः पोखरी कायम गरेको छ।

तत्कालीन माओवादी नेता तथा भूमि सुधार मन्त्री प्रभु साहको बलमा उनका नातेदारले घर छेउमै रहेको सो पोखरी पुरी परिवारकै सदस्यहरुलाई पदाधिकारी बनाई खडा गरिएको ब्रिलिएन्ट युवा क्लबको नाममा पक्की भवन बनाउन सफल भएका थिए। गाउँमा रहेको त्यति बेलाको सर्वदलीय संयन्त्रले पोखरी अतिक्रमण हुन नदिने निर्णय गरे पनि बल्जफ्ती बनाइएको सो भवन भत्काउन गाउँले अदालत पुगेका थिए। मुद्दाको अन्तिम किनारा लगाउँदै सर्वोच्च अदालतले घर भत्काई पुनः पोखरी कायम गर्ने निर्णय गरेको थियो।

सर्वोच्चको फैसलापछि पनि सो पोखरी अतिक्रमण मुक्त नभएपछि स्थानीय स्तरमा चन्दा संकलन गरी सर्वोच्चसम्म लडेका स्थानीय नागरिकले पुनः चन्दा संकलन गरी सर्वोच्चको निर्णय कार्यान्वयनका लागी पर्सा जिल्ला अदालतमा चलन चलाउको मुद्दा दायर गरेका थिए। जिल्ला अदालतमा मुद्दा परेपछि कानुनको आँखामा छारो हान्न अतिक्रमण गर्ने ब्यक्तिले अर्को युक्ति अपनाएका थिए।

कलिका माई गाउँपालिकाका अध्यक्ष वसिष्ठ गुप्ताका काका लागु औषध तथा भारतीय जाली नोटका कारोबारी दिनेश कलवारसँग नजिक रहेका अतिक्रमण गर्ने छठू साहले सो घर पालिकालाई हस्तान्तरण भइसकेको र सो घरमा पशु अस्पताल चलाउने भनेर एउटा गैरक़ानुनी निर्णय पालिकाबाट गराई अदालतलाई झुक्याउने कोशिश समेत गर्न भ्याएका थिए।

Metro Mart

तर, पर्सा जिल्ला अदालतले पालिकाको निर्णयसहितको पत्रलाई खारेज गर्दै जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र पठाएपछि प्रमुख जिल्ला अधिकारीले सो घर भत्काई पोखरी कायम गर्न लगाएका हुन्।

सर्वोच्चको आदेश कायम गराउन पुगेको प्रहरी टोलीमाथि आफ्नो खानदानका महिलाहरुमार्फ़त ढुंगा प्रहार गर्न लगाएपछि प्रहरीले क्लबका अध्यक्ष भनिएका छठु साहसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पालिकालाई हस्तान्तरण गरी सकिएको भनिएको सो भवन वडा कार्यालयको सहयोगमा प्रहरीले भत्काएपछि त्यसको इँटा आफुहरूले पाउनुपर्ने छठू साहका परिवारजनले केहिबेर बिवाद समेत गरेका थिए। तर प्रहरीले त्यहाँको इँटालगायत का सरसामान छेऊमै रहेको सार्वजनिक मन्दिरमा राखी वडा अध्यक्ष सोनालाल चौरसियाको जिम्मा लगाएको छ।

प्रकाशित: Jun 15, 2024| 16:29 शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्