शुक्रबार, वैशाख १२, २०८२

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ जना घाइते

 |  बुधबार, जेठ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

vianetvianet

काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्।

triton college

दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका- १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टका अनुसार बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो। दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए।

घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको छ। आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेको र बाँकी २४ जनाको उपचार जारी रहेको छ।

नाम नखुलेको बसका सहचालक गम्भीर घाइते छन्। उनको चौराहा हस्पिटलमा उपचार भइरहेको छ।

National life insurance

प्रकाशित: Jun 12, 2024| 08:35 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्