बुधबार, पुस ९, २०८२

टी२० विश्वकप: नेपाल र श्रीलंकाले अंक बाँडे

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं– आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको आजको खेल रद्द भएको छ।

National life

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस नै हुन नसकी खेल रद्द भएको हो। 

यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। नेपालको दुई खेलबाट १ अंक भएको छ। नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। 

श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। नेपालले अब बाँकी दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जेठ ३२ गते दक्षिण अफ्रिका र असार २ गते बंगलादेशसँग खेल्ने तालिका छ।

प्रकाशित: Jun 12, 2024| 06:50 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्