मंगलबार, जेठ १९, २०८३

मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन जारी गरिने

 |  बुधबार, जेठ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

काठमाडौं- सरकारले मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन निकाल्ने भएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस्तो जानकारी दिएका हुन्।

National life

विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सोही कमान्ड पोस्टले प्रेस बुलेटिन निकाल्ने उनले जानकारी दिए।

गृहमन्त्री लामिछानेका अनुसार विपद्‌मा खटिने पत्रकार स्वयम्‌सेवकहरूलाई आवश्यक तालिन दिन पनि लागिएको  छ। जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको पनि उनले जानकारी दिए।

गृहमन्त्री लामिछानेका अनुसार यो वर्षको विपद्‌बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ। ८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने अनुमान छ। यसअनुसार तयारी गरिएको उनले जानकारी दिए।

गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको पनि जानकारी दिए। 
विपद्को पूर्व तयारीको विषयमा राजनीतिक दलहरूसँग समेत छलफल गर्न लागिएको उनले बताए। गृहमन्त्री लामिछानेका अनुसार शुक्रबार सबै राजनीतिक दलका प्रतिनिधिसँग यस विषयमा छलफल गर्ने तय भएको छ।
 

Shivam cement

प्रकाशित: Jun 05, 2024| 12:36 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्