मंगलबार, जेठ १९, २०८३

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१
National life
Shivam cement

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।

विद्यालयको पर्खाल निर्माणकार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो। यस्तै, आयोगको टोलीले रु एक लाख ७५ हजार बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो।

आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान रु दुई लाख ७५ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। 

प्रकाशित: Jun 02, 2024| 21:31 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्