आइतबार, असार १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक

 |  आइतबार, जेठ २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

vianetvianet

काठमाडौं- सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयम्सेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।
 
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। 

सडकमा ट्राफिक स्वयम्सेवक खटाउने गृहमन्त्रीको निर्देशनविरुद्ध कृष्ण विक, आकाश भट्टलगायत सातजनाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
 
यही जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयम्सेवकका रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए।

प्रकाशित: Jun 02, 2024| 17:30 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्