मंगलबार, जेठ १९, २०८३

एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ। एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ।  

‘जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,’ उनले भने, ‘अधिवेशन गर्न बाँकी जिल्लाहरुको यही महिनाभित्र सकाउँछौँ।’ उनका अनुसार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ। तीमध्ये सात जिल्लाको अधिवेशनको मिति तोकिएको र अन्य ११ जिल्लाको मिति तोक्न बाँकी छ। 

प्रचार विभाग प्रमुख गौतमका अनुसार प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ। आजदेखि प्यूठान जिल्लाको अधिवेशन हुँदै छ। कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी छ। गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ।

प्रकाशित: Jun 02, 2024| 13:42 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्