बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसदीय छानबिन समितिले गृहमन्त्री लामिछानेसँग बयान लिनुपर्छ: थापा

संसदीय छानबिन समितिले गृहमन्त्री लामिछानेसँग बयान लिनुपर्छ: थापा

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

काठमाडौं- गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख विपक्षी नेपाली कांग्रेसले सुझाव दिएको छ।

National life

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानबिनको दायराबाट बाहिर नरहेको बताए। थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ। एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानुनी नै हो। गोरखा मिडियाको मालिक जीबी हुन् कि छबि हुन् कि रवि हुन् जो भए पनि समितिले बोलाउँछ र कानुनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ। समितिका साथीहरूबाट यही भूमिकाको अपेक्षा हामीले गरेका छौं।’

महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए। सहकारी छानबिनका लागि हालै एमाले सांसद सूर्य थापाको संयोजकत्वमा समिति गठन भएको छ।

महामन्त्री थापाले उपप्रधान तथा गृहमन्त्री लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरे। थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन्।

‘कि प्रधानमन्त्रीले अर्न गर्नुस् होइन भने सदनबाट हटाउन भन्नुस्। होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ। यही सदनमा लिइन्छ,’ उनले भने।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 02, 2024| 12:10 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्