काठमाडौं- प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ।
बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ।
सरकारले यही जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो। बजेटमाथि सत्तारुढ दलभित्रै पनि विरोधका स्वर सुनिएका छन्।