मंगलबार, कात्तिक १८, २०८२

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

रियल मड्रिड पुनः एकपटक युरोपको च्याम्पियन बनेको छ। शनिबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पाखा लगाउँदै रियलले रेकर्ड १५ औँ पटक उपाधि जित्न सफल भएको हो।

Kumaribank

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। रियलले राम्रो प्रदर्शन गर्न सकेन भने डर्टमन्डका करिम अडेयेमीले दुईवटा गोलको अवसर खेर फालेका थिए।

निकलास फुलक्रुगको प्रयास गोलपोस्टमा लागेको थियो। रियलका गोलकिपर थियाबट कोर्टवाले पनि थुप्रै विपक्षीको प्रहार बचाऊ गरे।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको रियलले ७४ औँ मिनेटमा अग्रता लियो। टोनी क्रुसको कर्नरमा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई अग्रता दिलाए।

नौ मिनेटपछि जुड बेलिङह्यामको पासमा गोल गर्दै भिनिसियस जुनियरले रियलको जित सुनिश्चित गरे। योसँगै वेम्बलेमा डर्टमन्डले लगातार दोस्रो च्याम्प्यिन्स लिगको फाइनल गुमाएको छ। यसअघि सन् २०१३ मा टोली फाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग पराजित भएको थियो।

Metro Mart

रियलका म्यानेजर कार्लो एन्चेलोटीले प्रशिक्षकका रुपमा च्याम्पियन्स लिगको उपाधि जितेको यो रेकर्ड पाँचौँ पटक थियो। त्यस्तै, टोनी क्रुस, कार्भाहाल, नाचो र लुका मोड्रिचले पनि कीर्तिमान बराबरी गर्दै छैटौँ पटक उपाधि जित्न सफल भएका छन्।
 

प्रकाशित: Jun 02, 2024| 06:47 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्