शनिबार, जेठ ३१, २०८२

मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रक्षेपण

 |  शनिबार, जेठ १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

vianetvianet

काठमाडौं- भारतमा सातौं र अन्तिम चरणको लोकसभा चुनाव शनिबार सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन्। त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ। 

५४३ सदस्यीय लोकसभामा बहुमत पुर्‍याउन एनडिएलाई २७२ सिट चाहिन्छ। चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन्। मोदी पछिल्लो दस वर्षदेखि भारतका प्रधानमन्त्री छन्।  यसअघि जवाहरलाल नेहरू सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए।

मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो। सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट सहित बहुमत ल्याएको थियो। यसपालि पनि उसले एक्लै बहुमत पुर्‍याउने अनुमान छ।

प्रकाशित: Jun 01, 2024| 20:48 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्