शनिबार, जेठ ३१, २०८२

सकियो सात चरणको लोकसभा चुनाव, परिणाम चार दिनपछि

 |  शनिबार, जेठ १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

vianetvianet

काठमाडौं- भारतमा आम चुनावको मतदान शनिबार सम्पन्न भएको छ। सात चरणमा भएको मतदान सकिएको हो। 

१९ अप्रिलमा पहिलो चरणको मतदान भएको थियो भने शनिबार १ जुनमा सातौँ तथा अन्तिम चरणको मतदान सकिएको छ। मतगणना भने ४ जुनमा गरिनेछ। इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान भएकाले एकै दिनमा मतपरिणाम आउनेछ। यसपटक मतदान कम भएकाले चुनावी परिणाम अनपेक्षित आउन सक्ने चर्चा छ।

भारतीय लोकसभाका ५४३ सिटका लागि भएको चुनावमा मुख्यतया वर्तमान सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिष्पर्धा हुनेछ।

यी दुई मुख्य गठबन्धनबाहेक विभिन्न राज्यमा क्षेत्रीय दलहरूको पनि बलियो उपस्थिति हुने अनुमान छ। 

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। उनी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन्। वाराणसीका आज मतदान भएको हो।

National life insurance

विपक्षी दलहरू गठबन्धन बनाएर भाजपाविरुद्ध चुनावी मैदानमा छन्। चुनावमा मोदीले सबैभन्दा धेरै चुनावी कार्यक्रममा भाग लिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

विपक्षी गठबन्धनका नेता कांग्रेसका आईका पूर्वअध्यक्ष राहुल गान्धीले पनि एक सयभन्दा धेरै स्थानमा चुनावी सभा गरेका छन्। 

प्रकाशित: Jun 01, 2024| 19:04 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्