मंगलबार, जेठ १९, २०८३

यार्सा खोज्न गएका तीन जनाको ज्यान गयो, एक सिकिस्त

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

मुगु- यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ ।

National life

पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउबाट फोनमा जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएका बताए । सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगु गाउँतर्फ ल्याइएको छ।

मुगुका २४ भन्दा बढी  क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते  प्रवेश खुला  गरेको हो ।

उता दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट  लडेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।
 
अपि हिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उनले जानकारी दिए । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।
 

Shivam cement

प्रकाशित: Jun 01, 2024| 18:51 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्