बुधबार, पुस ९, २०८२

लोसपाले बोलायो पदाधिकारी बैठक

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

काठमाडौँ- मधेश प्रदेश सरकारमा जाने-नजाने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पदाधिकारी बैठक बोलाएको छ।

National life

भोलि आइतबारका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने महासचिव मनिष मिश्रले जानकारी दिए।

गत बिहीबार नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो।

मधेशमा कांग्रेस, जसपा नेपाल र लोसपासहितको ५२ सिट मात्र पुग्छ। यो संख्या सरकार बनाउन चाहिनेभन्दा दुई सिट कम हो। मधेश प्रदेशमा एक/एक सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले सरकार फेरबदलमा मौन छन्।

प्रकाशित: Jun 01, 2024| 18:34 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्