आइतबार, भदौ ७, २०८३

देशैभर पहाडी भू-भागमा वर्षा

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

काठमाडौं- शनिबार दिउँसो नेपालको पूर्वी भू-भागदेखि सुदूरपश्चिमसम्मका विभिन्न ठाउँमा वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगाका केही स्थानमा पानी परेको छ। 

त्यस्तै तनहुँ, चितवन, गुल्मी र दाङमा पनि वर्षा भएको छ। सुदूरपश्चिमका डोटी, डडेलधुरामा पनि मध्यम वर्षा भएको छ।

वर्षाका कारण पहाडी भू-भागमा तापक्रम केही घटेको छ। पश्चिम तराईमा भने पानी परेको छैन। शनिबार अपराह्न नेपालगन्जमा ४० र धनगढीमा ३९ डिग्री तापक्रम रहेको छ।

काठमाडौं उपत्यकामा पनि शनिबार वर्षा हुँदा गर्मीबाट राहत महशुस भएको छ। काठमाडौंमा बदली हुने र क्षणिक वर्षा हुने क्रम केही दिन चलिरहने अनुमान छ।

यसपालि सरदरभन्दा चाँडो मनसुन भित्रने पूर्वानुमान भने महाशाखाले यसअघि नै गरेको थियो। अहिले भारतको सिक्किम आसपास मनसुनी प्रणाली रहेको महाशाखाले जनाएको छ। 
 

प्रकाशित: Jun 01, 2024| 18:31 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्