आइतबार, भदौ ७, २०८३

गैरकानुनी ढंगले प्राकृतिक स्रोतको दोहन

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

पर्वत- पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ। उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको छ।  

खोलामै सडक बनाएर निर्माण सामग्री चोरी निकासी हुँदैआएको छ। प्राकृतिक स्रोत दोहनले जलजला गाउँपालिका–८ स्थित जनहित सामुदायिक वन क्षेत्रमा पहिरोको समस्या देखिएको छ। दमुवा खोलाबाट दैनिकरुपमा निर्माण सामग्री उत्खनन् गर्ने क्रम बढ्दै गएपछि त्यस वरपरको बस्ती नै खतरामा परेको छ। 

दोहनले वर्खायाममा बाढीपहिरोको जोखिम रहेको  स्थानीयको गुनासोपछि अनुगमन गर्न त्यहाँ पुगेको जिल्लास्तरीय अनुगमन समितिको टोलीले उत्खनन्मा रोक लगाएको छ। समितिका प्रमुख विष्णुराम विकका अनुसार कतिपय व्यक्तिले व्यक्तिगत जग्गा चक्लाबन्दी गर्न निर्माण सामग्री निकासी गर्ने गरेको पाइएको छ। 

उनले भन्, ‘जथाभावी ढुङ्गा र गिट्टी निकासी गर्ने गरेको पाइएको छ, सवारीसाधन प्रवेशमा रोक लगाएका छौँ।’

अनुगमन टोलीले स्थानीय वन क्षेत्र र वन क्षेत्रभन्दा माथि बसोबास गर्ने बस्तीको जोखिमलाई ध्यानमा राख्दै सो खोलाबाट ढुङ्गा र गिट्टी निकाल्न रोक लगाएको हो। खोलामा सडक नै निर्माण गरेर ढुङ्गा र गिट्टी निकाल्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।  

प्रकाशित: Jun 01, 2024| 10:36 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्