आइतबार, भदौ ७, २०८३

सात चरणको लोकसभा चुनाव आज सकिँदै

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदै छ। आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ। 

गत अप्रिल १९ मा पहिलो चरणको मतदान भएको थियो। त्यसयता चरणबद्ध मतदान भएर सातौं चरणको मतदान जुन १ मा हुन लागेको हो। 
अन्तिम चरणमा ८ राज्यका ५७ लोकसभा सिटका लागि चुनाव हुँदैछ। अन्तिम चरणमा पञ्जाब र हिमाचलका सबै लोकसभा क्षेत्रमा चुनाव हुन लागेको हो।

त्यसबाहेक बिहारका ८, चण्डिगढका १, हिमाचलका ४, झारखण्डका ३ सिटमा चुनाव हुँदै छ। उडिसाका ६, पञ्जाबका १३, उत्तरप्रदेशका १३ र पश्चिम बंगालका ९ लोकसभा सिटमा चुनाव हुँदैछ। सबै क्षेत्रमा गरेर सातै चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पनि चुनाव हुँदैछ। उनको लोकसभा क्षेत्र वाराणसीमा मतदान हुन लागेको हो। मोदी वाराणसी क्षेत्रबाट तेस्रो पटक चुनाव लड्दै छन्। 

प्रकाशित: Jun 01, 2024| 07:02 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्