काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ।
नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ। हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ।