बुधबार, वैशाख २, २०८३

पश्चिम नवलपरासीमा हुरीबतासले विद्युत् अवरुद्ध

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

नवलपरासी- बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भएको छ।

National life

हुरीले विद्युतका अधिकांश तारपोलमा क्षति पुगेको छ। जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ।

उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका-२ को विद्युत् ट्रान्सफर्मर पूर्णरुपले क्षति भएको छ। जम्मा १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशंकर शाहले बताए। जिल्लाका अधिकांश क्षेत्रमा बिहीबार रातिदेखि विद्युत् सेवा अवरुद्ध रहेको उनले जानकारी दिए।

सबै ट्रान्सरफर्मर मर्मत गरी विद्युत् पुनः सञ्चालन गर्ने तयारी गरेपनि सञ्चालनमा चुनौती देखिएको उनको भनाइ छ। हुरीका कारण जिल्लाभरि एक सय बढी पोलहरू ढलेको इन्जिनियर शाहले जानकारी दिए।

उनका अनुसार हुरीका कारण विद्युतको तार, पोल, एल्टी र ट्रान्सफर्मरलगायतका सामान गरी करिब ९० लाख बराबरको क्षति भएको छ। जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका, सरावल र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ।

kumari

प्रकाशित: May 31, 2024| 19:54 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्